काठमाडौँ– खानेकुराका आफ्नै पारखी हुन्छन् । आफ्नै सोख हुन्छ । यी पारखी र खानेकुराको सौखिनका लागि स्वास्थ्यभन्दा तत्काल जिब्रोले ग्रहण गर्ने स्वाद महत्त्वपूर्ण हुन सक्छ । तर, जिब्रोको स्वादलाई दिइने प्राथमिकता नै हाम्रो शरीरका लागि घातक साबित हुन सक्छ ।
युएस न्युज एन्ड र्वल्ड रिपोर्टले वर्षको उत्कृष्ट डाइटको चयन गर्ने गरेको छ । विभिन्न देशका संस्कृति अनुसारको विभिन्न प्याकेजलाई यो वरीयतामा समावेश गरिएको छ । यसवर्ष सबैभन्दा उत्कृष्ट डाइट ‘ भूमध्य सागरीय डाइट ’ चयन भएको छ ।
‘भूमध्य सागरीय डाइट’ उत्कृष्ट ठहरिएको यो लगातार पाँचौँपटक हो । यसको मतलब अब आउने वर्ष पनि धेरैका लागि यसै डाइट उपयुक्त मानिएको छ । उपयुक्त यस अर्थमा हो कि यो स्वास्थ्यमा लागि अत्यन्त उपयोगी, सन्तुलित तथा स्वादका लागि पनि राम्रो ठहर भएको छ ।
दोस्रो स्थानमा ‘फ्लाक्स डाइट ’र ‘फ्लेक्सेटेरियन डाइट ’ छन् । ड्यास डाइट तनाव नियन्त्रणका लागि उपयुक्त ठहर गरिएको छ । फ्लाक्सीटेरियन डाइटले शाकाहारी खानालाई प्रेरित गर्छ । तर, दैनिक एक पटक बर्गर खानसम्मलाई उपयुक्त ठहर गर्दै यो प्याकेज तयार भएको हो ।
यी तीनै डाइटमा प्रशोधित खानेकुरालाई हटाइएको छ । फलफूल, साग सब्जी, गेडागुडी, दाल, अन्न , बदाम र बियाँलाइ राखिएको हुन्छ । अमेरिकी न्युज एन्ड र्वल्ड रिपोर्टकी स्वास्थ्य तर्फकी प्रबन्ध सम्पादक ग्रटेल स्कुलरले यी तीनै डाइटको आफ्नै खाले महत्त्व र विशेषता भएको बताएकी छिन् । उनी नै यो वरीयता निर्धारण गर्ने टिमको प्रमुख हुन् । यी तीनै डाइट मानिसलाई तन्दुरुस्त, लचिलो शरीर र स्वास्थ्य बनाउन सहयोगी हुने छ भने दिनभरि कुनै काम गर्न प्रेरित गर्ने गरेको छ ।
स्कुलरकै विचारमा यी सबै डाइट सुरक्षित छन् । सचेत छन्, र स्वास्थ्य विज्ञानले भने जस्तै गरी पकाइएका छन् । अवार्ड विजेता डाइटका संयोजनकर्ताले प्रशस्त क्यालोरीका साथै तरकारीमा बढी ध्यान दिएका छन् । साथै फलफूल, अन्न दाल, डेरी उत्पादनलाई पनि त्यत्तिकै प्राथमिकता दिएका छन् ।
उनकै विचारमा डाइट छनोट गर्नु भन्दा अघि आफ्नो स्वास्थ्यको अवस्था अनुसार कुन खाना उपयुक्त हुने तथा कुन खाना अनुपयुक्त हुने भनेर चिकित्सकको सल्लाह लिनु उपयुक्त हुनेछ ।
स्कुलर पनि खाना मजा र रमाइलोको लागि नभई शरीरका लागि भएकाले यसैमा सबैले ध्यान दिनु उपयुक्त भएको बताउँछिन् । साथै हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई अझ मजबुत बनाउनका लागि महामारी कालमा त यसको आवश्यकता अझ बढी देखिएको छ ।
‘भूमध्य सागरीय डाइट’का केही विशेषता छन् । बोटबिरुवामा आधारित यो उत्कृष्ट डाइट संयोजन हो । साथै यो पचाउनका लागि सबैभन्दा उपयुक्त मानिएको छ । यसलाई सबैभन्दा स्वास्थ्यकर भएको पनि ठहर गरिएको छ । साथै मधुमेहका बिरामीका लागि यो सबैभन्दा उपयुक्त ठानिएको छ ।
यस डाइट संयोजन या प्याकेजका बारे भएका अनगिन्ती अध्ययनले मधुमेह मात्र नभई उच्च कोलेस्ट्रोल, पागलपन ,स्मरण शक्ति हराउने, निराशा र स्तन क्यान्सरको जोखिमलाई पनि यसले कम गराउँछ। यो डाइटको प्याकेजलाई अनुसरण गर्नेले खाने शैलीमा पनि ध्यान दिन आवश्यक ठानिएको छ ।
यो प्याकेजमा सामान्य रूपले पकाएको खानेकुरा रहने छन् । यसमा बहुसङ्ख्यक फलफूल र साग सब्जीको मात्रा रहने छ । गेडागुडी र बिउ तथा फलफूलको बिया पनि हामीले नियमित सेवन गर्नै पर्ने हुन्छ । यसमा फर्सी र काँक्रोमा पनि उपयुक्त मान्न सकिन्छ । सामान्य प्याजको तेल खाने कुरामा प्रयोग आवश्यक ठानिएको छ । अन्य खाने कुरामा भएको भन्दा प्याजको तेलमा रहेको तेल सजिलै पच्ने भएकाले यसलाई उपयुक्त ठानिएको हो ।
मासु खानेका लागि रातो मासुको सामान्य फ्लेभर मात्र सही ठानिएको छ । तीन साना टुक्रा माछा यस डाइटको प्याकेज अन्तरगत छन् । परम्परागत पूर्वेली र पाश्चात्य संस्कृति भन्दा पर रहेर अन्डा लगायत पोल्ट्री उत्पादन थोरै मात्रामा मात्र सेवन गर्नु उपयुक्त ठहर गरिएको छ ।
यो भूमध्य सागरीय स्टाइलका डाइट र त्यहाँको अभ्यास शैलीका बारे सर्वत्र चर्चा हुनु , बहस हुनु र यसलाई अनुसरण गर्नु उपयुक्त हुन सक्छ । धेरै डाइटीसीयनले परिवारमा बसेर सल्लाह गरेर परिवारलाई नै यस अनुसार चल्न प्रेरित गरे स्वास्थ्यको क्षेत्रमा ठुलो फड्को मार्न सकिने बताएका छन् ।
मुटुको स्वास्थ्यका लागि भूमध्य सागरीय खानालाई ‘ओर्नीस्ट डाइट’ कै बराबरी मानिएको छ । यो प्याकेजको सोच सन् १९७७ मा डाइटीसीयन डा. डियन ओर्नीसले तय गरेका थिए । क्यालिफोर्नियाको गैर नाफा मूलक मेडिसिन रिसर्च इन्स्टिच्युटले यो पत्ता लगाएको हो । पछिल्लो एक अध्ययन अनुसार १० प्रतिशत क्यालोरी मात्र फ्याटबाट प्राप्त हुन्छ । ओर्नीसको सोच अनुसार पनि प्रशोधित खाद्य पदार्थ पूर्ण रूपमा बन्देज गर्नु नै ठिक हुन्छ ।
धेरै विज्ञहरू अन्धाधुन्ध क्लिनिकल परीक्षण भन्दा पनि विज्ञहरूकै सल्लाह अनुसार मुटुको रोगलाई कम गर्न खाद्यान्नको तालीका चयन गर्नु ठिक हुने बताउँछन् । सही खाने कुराको मात्रा मिलाउँदा मुटु रोगको शल्य क्रिया विना नै पनि उपचार सम्भव हुने विज्ञहरूको मत छ ।
सन् १९९० मै ओर्नीसले गरेको एक क्लिनिकल ट्रायलमा सही डाइटले तनाव नियन्त्रण हुने तथा यसका साथमा सही अभ्यास र सामाजिक सहयोग भए धेरै हकसम्म मुटुको रोग आफै निवारण हुने तथ्य पत्ता लगाएको थियो ।
मधुमेहका लागि भूमध्य सागरीय डाइटका साथमा फ्लेक्रियन तथा भेगन डाइटलाई बराबर मानिएको छ । यो प्याकेजमा मासुलाई कम महत्त्व दिइएको छ । कहिलेकहीँ बर्गरसम्मलाई ठिक ठानिएको छ । बिरुवा केन्द्रित यी डाइटबाट मुटुको रोगका साथै मधुमेह र क्यान्सरको जोखिमलाई पनि कम गराउँछ ।
भेगन डाइटको प्याकेजमा कुनै पनि जनावर केन्द्रित डाइटलाई सही ठानिएको छैन । यसमा दूध र अण्डालाई समेत सही ठानिएको छैन । यसमा फ्राई गरेका कुनै पनि तत्त्व समावेश गरिँदैन ।
तौल घटाउनकै लागी यी डाइटको साथमा भोलुमेन्ट्रीक डाइटलाई पनि सही ठानिएको छ । फ्लेक्सेरियन डाइटले अन्य डाइटका केही थप खाने कुरा पनि उल्लेख गरिएको छ । यो स्वरूप अनुसार ब्रेकफास्ट ३ सय क्यालोरी, खाना ४ सय तथा डिनरलाई ५ सय तथा स्न्याक १ सय ५० क्यालोरीको प्याकेज यसमा समावेश गरिएका छन् ।
भोलुमेन्ट्रीक डाइटको काम खाने कुरामा क्यालोरीलाई कम गर्ने हो । यस डाइटमा ८० देखि ९५ प्रतिशत तरल पदार्थ प्रयोग हुन्छ । फलफूल र दहीलाई उपयुक्त मानिन्छ ।
कार्डीयोलोजीस्ट डा. रोबर्ट एटकीन्सले १९७२ मा तयार गरेको एटकीन्स डाइटलाई अर्को महत्त्वपूर्ण क्याटोगोरी मानिएको छ । यस डाइटमा कार्बो हाइड्रेडको मात्रा अत्यन्त कम राखिएको हुन्छ । तौल घटाउनका लागि ‘ओप्टीभिया डाइट’लाई पनि उपयोगी मानिएको छ ।
उत्कृष्ट डाइटको यो बरीयतामा ‘डुकन डाइट ’पुछारमा परेको छ । ‘होल ३०’ लाई पनि कमजोर डाइट मानिएको छ । ‘केटो डाइट’लाई पनि उल्लेख गरिएका डाइटका प्याकेज झैँ भरपर्दो डाइटको रूपमा लिइएको छैन । केटोले आफूलाई परिमार्जन गरेको छ ।
यो परिमार्जित स्वरूप पनि धेरै उच्च कोटीको मानिएको छैन । धेरै डाइटहरु अनुसरण गर्न कठिन भएका कारण डाइटीसीयनले प्रेस्क्राइव गर्ने गरेका छैनन् ।
भूमध्य सागरीय डाइटलाई उपयोग गर्ने हो भने बोडीको तरकारी सातामा एक पटक अनिवार्य मानिएको छ । यसमा सागहरू धेरै प्रयोग गर्नु पर्ने हुन्छ । खानमा जुनेलो,जौ र फापर उपयुक्त ठहर गरिएको छ । यी अन्न अफ्रिकामा धेरै लोकप्रिय छन् ।
यदि मासुको सेवन गर्ने हो भने थोरै मात्रामा मात्र प्रयोग गर्न सकिने छ । सिजन अनुसार खाना पछिको फलफूल अनिवार्य मानिएको छ । फलफूल खाने समयमा अनारको जुसमा अलिकति मह मिसाउँदा यो उपयुक्त हो ।
दही र भुईँ कटहर तथा अन्य केही फलफूल महसङ खान सकिन्छ । यी मध्य एभोगार्डो नछुटाए अझ उत्कृष्ट ठहरिने छ । बाख्राको चिज र केही बदाम राखेर खाना बनाउनु त उपयुक्त हो ।
भूमध्य सागरीय डाइटको प्याकेजले सायद हामीलाई स्वस्थ, निरोगी, बलवान र बुद्धिमान पनि बनाउने छ ।
प्रतिक्रिया