बलिउड अभिनेत्री ज्याकलिनको गुनासो, व्यक्तिगत विषयमा दख्खल भयो | Khabarhub Khabarhub

बलिउड अभिनेत्री ज्याकलिनको गुनासो, व्यक्तिगत विषयमा दख्खल भयो


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यही परिप्रेक्ष्यमा अभिनेत्री ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गरेकी छन् ।

‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु,’ज्याकलिनले लेखेकी छन् । ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङका विषयमा आफ्नो नाम आएपछि तनावमा छिन् ।

उनले भारतले आफूलाई जबर्जस्त प्रेम र सम्मान दिएको स्मरण गर्दा यो प्रेम र सम्मान मिडियाबाट पनि पाएको उल्लेख गरेकी छन् । ‘मैले तपाईंहरुबाट केही न केही सिकें । म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु । म मिडियाका साथीहरूलाई यस्ता तस्बिर सार्वजनिक नगर्न आग्रह गर्दछु, जुन तस्बिर मेरा निजी छन् । आशा छ, मैले चाँडै न्याय पाउनेछु’, उनले लेखेकी छन् ।

ज्याकलिन र सुकेशको सम्बन्ध पहिलेदेखि नै अनुसन्धानको विषय बनेको छ । किनकि अभिनेत्रीले सुकेशबाट कैयौं महँगो उपहार पाएकी छन् । ज्याकलिनले अनुसन्धान अधिकारीहरूसँग सुकेशले आफूलाई जयललिताको परिवारको मानिस रहेको र सन टिभीको मालिक भएका कारण दक्षिण भारतीय फिल्ममा काम गर्न आग्रह गरेको बयान दिएकी थिइन् ।

सुकेशले रेनबेक्सीका पूर्वसंस्थापकलाई जेलबाट बाहिर निकाल्ने प्रलोभन देखाउँदै उनको परिवारबाट दुई सय करोड रुपैंयाँ असुलेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : ५३ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन