बलिउड अभिनेत्री ज्याकलिनको गुनासो, व्यक्तिगत विषयमा दख्खल भयो « Khabarhub

बलिउड अभिनेत्री ज्याकलिनको गुनासो, व्यक्तिगत विषयमा दख्खल भयो


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यही परिप्रेक्ष्यमा अभिनेत्री ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गरेकी छन् ।

‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु,’ज्याकलिनले लेखेकी छन् । ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङका विषयमा आफ्नो नाम आएपछि तनावमा छिन् ।

उनले भारतले आफूलाई जबर्जस्त प्रेम र सम्मान दिएको स्मरण गर्दा यो प्रेम र सम्मान मिडियाबाट पनि पाएको उल्लेख गरेकी छन् । ‘मैले तपाईंहरुबाट केही न केही सिकें । म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु । म मिडियाका साथीहरूलाई यस्ता तस्बिर सार्वजनिक नगर्न आग्रह गर्दछु, जुन तस्बिर मेरा निजी छन् । आशा छ, मैले चाँडै न्याय पाउनेछु’, उनले लेखेकी छन् ।

ज्याकलिन र सुकेशको सम्बन्ध पहिलेदेखि नै अनुसन्धानको विषय बनेको छ । किनकि अभिनेत्रीले सुकेशबाट कैयौं महँगो उपहार पाएकी छन् । ज्याकलिनले अनुसन्धान अधिकारीहरूसँग सुकेशले आफूलाई जयललिताको परिवारको मानिस रहेको र सन टिभीको मालिक भएका कारण दक्षिण भारतीय फिल्ममा काम गर्न आग्रह गरेको बयान दिएकी थिइन् ।

सुकेशले रेनबेक्सीका पूर्वसंस्थापकलाई जेलबाट बाहिर निकाल्ने प्रलोभन देखाउँदै उनको परिवारबाट दुई सय करोड रुपैंयाँ असुलेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : ५३ बजे

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज