आमा बनेपछि ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय « Khabarhub

आमा बनेपछि ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन् ।

‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शककाे मन जित्न सफल भइन् ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की जजसामेत रहेकी ऋचाले २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन् । मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन् ।
सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन्। ७७-७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन् ।
ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ। अहिले काममा व्यस्त राखिरहेकी छु।’

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ३० बजे

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

तनहुँ – कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ।

तीनवटा पुल बनाउन साढे १२ करोड बजेट

म्याग्दी – म्याग्दीमा तीनवटा पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट

२९ जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौँ – २९ जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ। न्याय

नेपाल राष्ट्रसङ्घको आर्थिक परिषद् सदस्यमा निर्वाचित

वाशिङ्टन डिसी – नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को