‘ए’ डिभिजन लिगमा १०० गोल पूरा  « Khabarhub

‘ए’ डिभिजन लिगमा १०० गोल पूरा 


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो ।

पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौंपटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल गरेका हुन् । शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध ५-०को जित निकाल्ने क्रममा दिनेशले १००औं गोल पूरा गरे ।

जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।

यस सिजनको लिगमा  पहिलो गोल संकटाका लक्ष्मण रुचालले गरेका थिए । जुन गोल दोस्रो खेलमा सम्भव भएको थियो । यस्तै संकटाका अर्का डिफेन्डर निरज बस्नेतले ५०औं गोल गरेका थिए ।

जारी सिंगल राउन्ड रोबिनको लिगको पहिलो चरणमा १६ गोल भएको थियो । यस्तै दोस्रो चरणमा सात गोल हुँदा तेस्रो चरणमा १८ गोल भयो । चौथो चरणमा नाै गोल मात्रै हुँदा पाँचौ चरणमा १५ गोल भएको थियो भने छैटाैं चरणमा १६ गोल भएका थिए । यस्तै सातौ चरणमा १३ गोल भए । जारी आठौं चरणमा भने नौ गोल भएका छन् । दुई खेल अझै बाँकी छन् ।

यसपटक ‘गोल्डेन बुट’को दौडमा दुई खेलाडी देखिएका छन् । मछिन्द्र फुटबल क्लबका सुनिल बल र मनाङका आफिज ओलावालेले समान पाँच गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थान ओगटेका छन् ।

यस्तै संकटा क्लबका अजयी मार्टिन्स र एपीएफ फुटबल क्लबका आशीष लामाले उनीहरूलाई पछ्याउने क्रममा समान चार गोल गरेका छन् । जारी लिगमा मनाङ र संकटाका विदेशी खेलाडी मार्टिन्स र ओलावा दुवैले एक एक ह्याट्रिक गर्न सफल भए ।

संकटाका निरज बस्नेत र उत्तम राई, मनाङका अन्जन बिष्ट र दिनेश राजवंशी, नेपाल पुलिसका सुमन लामा, हिमालयन शेर्पाका मुतम्बा पिस्टेन, च्यासलका रुमेश बर्तौला, जावलाखेलका निकोलास फर्नाण्डेज र एनआरटीका मेसोउके ओलोमोउले समान तीन-तीन गोल गरेका छन् । तीन गोल गर्ने खेलाडी नाैजना छन् ।

दुई गोल गर्ने खेलाडी ११ जना छन् भने एक गोल गर्ने खेलाडीकाे संख्या ३२ छ । आत्माघाति गोल गर्नेमा तीन खेलाडी छन् ।

जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । उसलाई पछ्याउने क्रममा मनाङ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा