राजनीतिक परिवर्तन भयो तर नेपालीको चेतनामा परिवर्तन आएन: बाबुराम भट्टराई (भिडियो) | Khabarhub Khabarhub

राजनीतिक परिवर्तन भयो तर नेपालीको चेतनामा परिवर्तन आएन: बाबुराम भट्टराई (भिडियो)


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरु गम्भीर भए मुलुकको आर्थिक समृद्धिमा कुनै समस्या नहुने बताएका छन् ।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भन्दै समृद्धिका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।

भट्टराईले विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सके मुलुक समृद्ध बन्न सक्ने धारणा राखे । उनले मुलुकको आर्थिक समस्या समाधानका लागि नीजि क्षेत्रको सवै निकायबीच साझेदारी हुनुपर्ने बताए । साथै उनले देशमा राजनीतिक परिवर्तन भए पनि नागरिकमा चेतना नआइसकेको समेत बताए ।

मुलुक औद्योगिक पूँजीवादी विकासको चरणमा नेपाल रहेको भन्दै उनले वित्तीय पूँजी, व्यापारिक पूँजी र औद्योगिक पूँजीबीचको सन्तुलन मिल्नुपर्ने उल्लेख गरे ।

साथै उनले विकासको बाधक संरचनालाई बदल्न गरेको क्रान्ति पूरा नभएका कारण नै समस्या भएको जिकिर गरे ।

भिडियो:

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ४४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले