ओलीद्वारा आयुर्वेदिक अस्पतालको अवलोकन « Khabarhub

ओलीद्वारा आयुर्वेदिक अस्पतालको अवलोकन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र न‍. ५ मा निर्माण भएको प्रदेश स्तरीय आयुर्वेदिक औषधालय (अस्पताल) को अवलोकन गरेका छन् ।

आइतवार क्षेत्र नं. ५ स्थित पर्ने कमल गाउँपालिकाको वडा नं. ७ मा निर्माण भएको औषधालयको अवलोकन निरीक्षण गर्दै चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने पनि ओलीले बताए ।

स्थानीयवासीले नि:शुल्क उपलव्ध गराएको जमिनमा प्रदेश स्तरीय आयुर्वेदीक औषधालय तथा अस्पताल बनेको हो । यसै गरी जमिन हुनेहरुले उपलब्ध गराएमा आवश्यक पूर्वाधार निर्माणले तीव्रता पाउने समेत उनको भनाइ थियो ।

अस्पतालको अवलोकन निरीक्षण पछि ओलीले भने, ‘सकेसम्म जग्गा दान गर्नुहोस्, नागरिकले दिएको जग्गामा सरकारले संरचना बनाउनेछ र विकासले तिव्रता पाउनेछ तर संरचना बन्यो र विकास भयो भन्दैमा जग्गाको दाम चाँहि नबढाउनु होला ।’

आयुर्वेदिक अस्पतालको संरचना बने पनि सञ्चालनका लागि हस्तान्तरण नहुँदा उपयोगमा आउन सकेको छैन । सो अस्पताल चाँडै सञ्चालन गर्ने व्यवस्था मिलाइदिन गाउँपालिकाले संघीय तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : १५ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण