आज २०७८ साल माघ २६ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ २६ गते बुधबारको राशिफल


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७८ माघ २६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश ?

माघ २६ गते बुधबार
मेष : आजको दिन ठिकै छ। विद्या, पढ्नमा रुची बढ्नुका साथै विद्यालय सम्बन्धित क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग छ। स्वास्थ्यमा समस्या आउने देखिएको छ। वैदेशिक क्षेत्रमा भने राम्रो छ। सहयोगीबाट सहयोग पाइने योग छ।

वृष : दिन राम्रै छ। आर्थिक क्षेत्रमा सहयोग मिल्नेछ। सामाजिक भन्दा पनि राजनीतिक क्षेत्रमा साथीभाइको बढी सहयोग मिल्नेछ। बिहान उठेर गणेश भगवानको स्मरण गर्नाले दिन ठिकै हुने योग परेको छ।
मिथन : सामाजिक, आर्थिक र वैदेशिक क्षेत्रमा सामान्य रहे पनि शैक्षिक क्षेत्रमा भने निकै राम्रो छ। अध्ययन, अध्यापनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साहित बन्ने योग छ। भ्रातृ, भगिनी संस्थाबाट राम्रो सहयोग मिल्ला। ठूलाबाट सम्मान पाए पनि सानाबाट घृणा मिल्नेछ।

कर्कट : दिन राम्रो छैन। आफूले नसोचेको अभियोगको सामना गर्नुपर्नेछ। आफन्तबाट असहयोग हुनेछ। सबै क्षेत्र सामान्य रहे पनि वैदेशिक क्षेत्रमा भने दिन राम्रो छ। अफ्टेरो परेका काम प्नि सहज बन्नेछन्।

सिंह : दिन राम्रो छ। आफ्ना बुद्धिविवेकले गरेको काम हात लाग्नेछ, घाटा हुँदैन। तथापी व्यापार, व्यवसायबाट राम्रो आम्दानी छ। अध्ययन अध्यापनमा समेत सन्तोष रहनेछ। वैदेशिक रोजगारीमा ठगिने सम्भावना रहेकाले सतर्कता अपनाउनुहोला।

कन्या : दिन राम्रो नै भन्नुपर्छ। सबैभन्दा पहिला आफ्ना बुवाआमाको दर्शन गरेर थालेका कामबाट सन्तोषजनक फाइदा हुनेछ। अध्ययन अध्यापनमा जोश जाँगर बढ्नेछ। प्रतिस्पर्धीले समेत स्वागत गर्नेछन्। स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रमा सामान्य रहे पनि आर्थिक क्षेत्र फलदायिक रहेको छ।

तुला : दिन ठिकै छ। आर्थिक क्षेत्रमा सतर्कता अपनाउनुहोला। सकभर कारोबार नगर्नु उपयुक्त। शिक्षा, स्वास्थ्यको क्षेत्रमा त्यत्ति राम्रो छैन। वैदेशिक र राजनीतिक क्षेत्रमा निकै राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट राम्रो नतिजा हात लाग्नेछ। राजनीतिमा दिन शुभ मानिएको छ।

वृश्चिक : दिन त्यत्ति राम्रो देखिँदैन। आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भने नसोचेको फाइदा हुने योग छ। लगानी गर्ने हो भने राम्रो परिणाम हात लाग्नेछ। अरु क्षेत्रमा भने सन्तोषजनक छन्।

धनु : दिन राम्रो रहेको छ। तपाईले थालनी गर्दै गरेका कामबाट राम्रा संकेत देखापर्नेछ। आर्थिक, सामाजिक क्षेत्रमा सफल रहनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो उपलब्धि हुनेछ। व्यापारमा ठूलो उन्नति हुने योग छ।

मकर : दिन सामान्य छ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्र सामान्य रहे पनि आर्थिक क्षेत्र राम्रो छ। पूराना लगानीसमेत उठ्ने सम्भावना छ। वैदेशिक लगानीमा घाटा हुने योग छ।

कुम्भ : दिन राम्रो छ। बोलीको प्रभावले सबैलाई अचम्बित गराउनेछ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। अध्ययन अध्यापनमा गरेको लगानीबाट उल्लखेनीय सफलता मिल्नेछ।

मिन : दिन राम्रो नै छ। कुटुम्बबाट सन्तोषजनक नतिजा पाइनेछ। गुरु र आमाबाट राम्रो मिल्नेछ। अन्य क्षेत्रमा धेरै आश नगर्नुहोला। ठूलो लगानी नगरेकै राम्रो।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ०९ बजे

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको

औषधी व्यवस्था विभागद्वारा ६ प्रकारका नयाँ औषधिको गुणस्तर अनुमोदन

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न ६ प्रकारका नयाँ औषधि तथा

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम

खोटाङ– ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र