विज्ञापन खुलेको झन्डै एक वर्षपछि हुँदै भन्सार एजेन्टको परीक्षा « Khabarhub

विज्ञापन खुलेको झन्डै एक वर्षपछि हुँदै भन्सार एजेन्टको परीक्षा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । २२ वर्षपछि भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो ।

तर, २९  माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको हो । जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुनेछ । परीक्षा केन्द्र निर्धारण भइसकेको छैन ।

पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न अदालतमा परीक्षा रोक्न माग गर्दै मुद्दा दायर गरेपछि लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने गर्दछन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ ।

भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : २५ बजे

ललितपुरका जेन-जी शहीद महर्जनको परिवार भेट्न पुगे जगदीश खरेल 

काठमाडौं– ललितपुरका जेन-जी शहीद बिनोद महर्जनको परिवारलाई भेटघाट गर्न ललितपु-२

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

एजेन्सी– कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन

शुक्लाफाँटामा बाघ गणना सुरु

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको

इरानी राष्ट्रगान नगाएका पाँच महिला फुटबलरलाई अष्ट्रेलियामा शरण

तेहरान-एशियन कप फुटबल प्रतियोगिताबाट बाहिरिएपछि इरानको महिला फुटबल टोलीका पाँच