रुसले युक्रेन संकट नथप्नेमा ढुक्क छु : फ्रान्सेली राष्ट्रपति « Khabarhub

रुसले युक्रेन संकट नथप्नेमा ढुक्क छु : फ्रान्सेली राष्ट्रपति


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रुसले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि  रुसका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।

संकट न्यून गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘अहिल्यकै अवस्थामा मस्को र पेरिसवीच सम्झौता हुन सक्दैन ।’ रुस अतिक्रमणको त्रासबीच म्याक्रोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीलाई पनि भेट गरेका थिए ।

युक्रेनसँगको सीमामा मस्कोले दशौं हजार सुरक्षाकर्मी जम्मा गरेको छ । तर, युक्रेन आक्रमणको कुनै योजना नभएको मस्कोले बताउँदै आएको छ ।

संकट न्यून गर्न केही कदमहरु चाल्न सकिने आफ्नो विश्वास रहेको भन्दै म्याक्रोले सम्बन्धित पक्षलाई शान्त रहन आह्वान गरेका छन् ।

सन् २०१४ मा सम्पन्न मिन्स्क सम्झौताप्रति पुटिन र जेलेन्स्किी प्रतिबद्ध भएको आफूहरुले पाएको म्याक्रोले बताएका छन् । युक्रेन संकट अन्त्य गर्ने पहलस्वरुप फ्रान्सेली राष्ट्रपति म्याक्रोले सोमबार मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : ३६ बजे

ए डिभिजन लिग चैत ३० बाट सुरु हुने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन

छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो

काठमाडौं- नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले एकजना कार्यकर्ता रामबहादुर महरलाई

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म