रुसले युक्रेन संकट नथप्नेमा ढुक्क छु : फ्रान्सेली राष्ट्रपति « Khabarhub

रुसले युक्रेन संकट नथप्नेमा ढुक्क छु : फ्रान्सेली राष्ट्रपति


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रुसले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गरेका छन् । आफूसँगको भेटवार्तापछि  रुसका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गरेका हुन ।

संकट न्यून गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्झौता नभएको क्रेमलिनले बताइरहेका बेला युक्रेनको राजधानी किभ भ्रमणका क्रमममा म्याक्रोको सो भनाई आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘अहिल्यकै अवस्थामा मस्को र पेरिसवीच सम्झौता हुन सक्दैन ।’ रुस अतिक्रमणको त्रासबीच म्याक्रोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीलाई पनि भेट गरेका थिए ।

युक्रेनसँगको सीमामा मस्कोले दशौं हजार सुरक्षाकर्मी जम्मा गरेको छ । तर, युक्रेन आक्रमणको कुनै योजना नभएको मस्कोले बताउँदै आएको छ ।

संकट न्यून गर्न केही कदमहरु चाल्न सकिने आफ्नो विश्वास रहेको भन्दै म्याक्रोले सम्बन्धित पक्षलाई शान्त रहन आह्वान गरेका छन् ।

सन् २०१४ मा सम्पन्न मिन्स्क सम्झौताप्रति पुटिन र जेलेन्स्किी प्रतिबद्ध भएको आफूहरुले पाएको म्याक्रोले बताएका छन् । युक्रेन संकट अन्त्य गर्ने पहलस्वरुप फ्रान्सेली राष्ट्रपति म्याक्रोले सोमबार मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : ३६ बजे

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु