‘नेपहपको श्रीपेच’मा भाइरल र्‍यापर ‘माइला’ | Khabarhub Khabarhub

‘नेपहपको श्रीपेच’मा भाइरल र्‍यापर ‘माइला’


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्‍यापर ‘माइला’को प्रस्तुतिलाई प्राथमिकतामा राखिएको छ ।

प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले छन् । यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फिमेल र्‍यापर फुर्दुकीलाई देखाएको थियो । जुन भिडियोले हालसम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरिसकेको छ ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभीमार्फत प्रसारणमा आउँदैछ । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’र्‍याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए । जसमध्ये ६ सयजनाको विभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १ सय २३ जनाले श्रीपेचको लागि प्रतिष्पर्धा गर्नेछन् । ‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : ५९ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास