‘नेपहपको श्रीपेच’मा भाइरल र्‍यापर ‘माइला’ « Khabarhub

‘नेपहपको श्रीपेच’मा भाइरल र्‍यापर ‘माइला’


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा अहिलेका भाइरल र्‍यापर ‘माइला’को प्रस्तुतिलाई प्राथमिकतामा राखिएको छ ।

प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ । तर यस शोको जजमा भने र्‍यापर बालेन शाह, गिरिश खतिवडा र मानस घले छन् । यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फिमेल र्‍यापर फुर्दुकीलाई देखाएको थियो । जुन भिडियोले हालसम्म युट्युबमा २ लाख तीस हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरिसकेको छ ।

कार्यक्रम फागुन १६ बाट इमेज टेलिभिजन र डि म्युजिक टिभीमार्फत प्रसारणमा आउँदैछ । कार्यक्रम युट्युबमा भने ओ.एस.आर रियालिटीबाट आउनेछ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’र्‍याप म्युजिक रियालिटी शो हो । डि म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए । जसमध्ये ६ सयजनाको विभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो । अब फिजिकल अडिसनबाट छानिएका १ सय २३ जनाले श्रीपेचको लागि प्रतिष्पर्धा गर्नेछन् । ‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १२ : ५९ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग