सिके राउतको चेतावनी–किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्छौं « Khabarhub

सिके राउतको चेतावनी–किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्छौं

अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट सुरु हुने घोषणा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

बुधबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् । अनि मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ । तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’

जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने,‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकी एकै दिनमा यो समस्या समाधान हुने होइन ।’

उनले यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने आफूलाई आशा नरहेको बताए । ‘अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आएपनि एजेण्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ उनले भने । उनले किसान आन्दोलनको ज्ञापन पत्र नलिएर विदेशीको स्वार्थको पछाडि नेताहरु दौडिइरहेको आरोप लगाए ।

उनले अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट सुरु हुने घोषणा गरे । मौसमको खराबीका कारण राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए ।

उनले कृषि मन्त्री मधेशकै भएपनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे ।

उनले किसान आन्दोलनमा उठेका मागहरु दीर्घकालिन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनु पर्ने भएकाले आफूहरुको माग संघीय सरकारसँग रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ५२ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल