रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ « Khabarhub

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक जना घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज १७ गते दिउँसो साढे ३ बजे देवदह नगरपालिका–५ स्थायी वतन भएका ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद) ले चलाएको पेस्तोलबाट १ राउन्ड गोली फायर भएको थियो। गोली लाग्दा बुटवल उपमहानगरपालिका–९ मिलनचोक बस्ने २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। उनको दाहिने गालाको छाला खोसिएर चोट लागेको र देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पेस्तोल र दुई राउन्ड गोलीसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल (दुर्गाप्रसाद), ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।

उनीहरूको साथबाट १ थान पेस्तोल र २ राउन्ड गोली बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : २७ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र