चिसोबाट यसरी बच्नुहोस् « Khabarhub

चिसोबाट यसरी बच्नुहोस्


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकासहित देशैभर चिसो कायमै छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपानलगायतका कुरामा ध्यान पु¥याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोको असर
–शरीरलाई बाहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
–पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।
–मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
–युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
–रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।
–चिसोका कारण रक्तनली साँघुरिएर रक्तप्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ?
–न्यानो कपडा लगाउने
–आगो ताप्ने ।
–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।
–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।
– धेरै नुनिलो नखाने
–पौष्टिक खानेकुरामा जोड दिने ।
–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।
(टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित )

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ३८ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले