बालुवाटारमा नेपाली काँग्रेसको पदाधिकारी बैठक « Khabarhub

बालुवाटारमा नेपाली काँग्रेसको पदाधिकारी बैठक


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको पनि उनले बताए ।

हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरू आज देउवा निवासमै जान लागेका हुन् ।

देउवाले व्यस्तताको कारण देखाउँदै हिजोको बैठकमा सहभागी हुन नसकेको जनाएका थिए ।

सहमहामन्त्री पाण्डेका अनुसार आज पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो । बैठकमा भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको विषय र अन्य समसामयिक विषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ४५ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी