नेपाल–भारत सीमा दुई दिन बन्द « Khabarhub

नेपाल–भारत सीमा दुई दिन बन्द


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमानाका करिब ६० घण्टा बन्द हुने भएको छ । चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५ बजेदेखि ३ फागुन बिहान ७ बजेसम्म सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । १ र २ फागुनमा पूर्ण रुपमा सीमानाका बन्द हुने उनको भनाइ छ ।

दार्चुलामा नेपाल–भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी ६ वटा सीमा पुल छन् । सीमा पुलबाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल–भारत आवतजावत गर्ने गरिएको छ ।

सीमापुलहरू दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल–भारत आवत जावतका लागि खुला हुन्छ । राति अत्यावश्यक कामका लागि मात्रै खोल्ने गरिएको छ ।

चुनावको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारी जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यस्थापनका लागि सहयोगसम्बन्धी हालै सम्पन्न नेपाल–भारत सीमा बैठकमा छलफल गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : १५ बजे

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके)

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न सानेपामा जुटे कांग्रेस नेताहरू

काठमाडौं– फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ