नेपाललाई पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी  « Khabarhub

नेपाललाई पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी 


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई आगामी पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेका छन् ।

मंगलवार ललितपुरमा आयोजित नेपाल फार्मा एक्स्पो तथा औषधिमा आत्मनिर्भरता सम्बन्धी नीतिगत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले यसका लागि हालको २०३५ सालको औषधि ऐनलाई परिमार्जन गर्नु आवश्यक रहेको बताए ।

‘हामी आयातमुखी औषधि ऐन बोकेर हिँडिरहेका छौँ । औषधि ऐनलाई जनतामुखी बनाऔँ । २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेको छैन, प्रशासनले पनि काम गर्न सकेको छैन । यदि औषधि ऐनमा नीतिगत सुधार गर्‍यौँ भने हामी पाँच वर्षभित्र नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सक्छौँ । ८० प्रतिशत औषधि हामी उत्पादन गरेर देखाउनेछौँ,’ उनले बताए ।

अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय नभएको भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् । ‘हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने ? कहाँ लगेर परीक्षण गर्ने ? नेपालको औषधि गुणस्तरीय छैन भन्ने भ्रम फैलाउने काम भइरहेको छ । तर हामी विदेशमा समेत औषधि निर्यात गर्न योग्य छौँ र गरिरहेका छौँ,’ उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ५ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन