तीन महिनामा ५५ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता « Khabarhub

तीन महिनामा ५५ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले पछिल्लो तीन महिनामा करिव ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ ।

नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक ९एडीबी०ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ४६ अर्ब ७९ करोड ३ हजार रुपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता नेपाल सरकारसँग गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : ४५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा