मुद्रास्फीति ५.६५ प्रतिशत बढ्यो, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा « Khabarhub

मुद्रास्फीति ५.६५ प्रतिशत बढ्यो, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

पुस महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ पुसमा यी क्षेत्रहरूमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१८ प्रतिशत रहेको थियो । गत पुस महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ ।

पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ । २०७८ पुसमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७२ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : १५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने