नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुग्यो « Khabarhub

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुग्यो


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १६ हजार ३५६ जनाको स्वास्थ्य परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको छ ।

११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ जनामा कोरोना पुष्टि भएको छ भने ४ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ७ हजार ७७७ जनाले कोरोनालाई जितेका छन् । २ हजार ४०१ संक्रमित थपिएर ७ हजार ७७७ जना डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको हो । उनीहरूको विभिन्न अस्पताल तथा होम आइसोलेसन र संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ ।

थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : १५ बजे

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि