निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह « Khabarhub

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुरयाउने बताएका छन् ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् आज यहाँ धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले लोकतन्त्रको स्वस्थता र सवलताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताए। 

जनताको इच्छा, चाहना र आवश्यकता अनुसार नयाँ नेतृत्व र नीतिहरूको निर्माण एवं परिवर्तन गर्न, समाजमा शान्ति तथा स्थिरता कायम राख्न आवधिक निर्वाचनको महत्वपूर्ण भूमिका रहेको बताए।

लोकतन्त्रको संस्थागत विकास गर्न निर्वाचनको आवश्यकता रहेको औँल्याउँदै मुख्यमन्त्री शाहले निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरे। 

सामाजिक न्याय, पारदर्शिता, राजनीतिक, प्रशासनिक एवं संस्थागत सुधार र सुशासनको तीव्रतापूर्ण माग उठान भएको वर्तमान परिवेशमा विविध समस्या, चुनौती तथा अभावबीच संविधानको रक्षा गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, मर्यादित रुपमा सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नु भएकामा उनले राष्ट्रपति र प्रधानमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरे।
 

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : २० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार