शेयर बजार आज पनि घट्यो, कारोबार रकम साढे ३ अर्ब पनि पुगेन | Khabarhub Khabarhub

शेयर बजार आज पनि घट्यो, कारोबार रकम साढे ३ अर्ब पनि पुगेन


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार आज पनि घटेको छ । हिजो मंगलबार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ११ अङ्कले घटेर दुई हजार आठ सय १३ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कारोबार रकम र सङ्ख्यामा पनि कमी आएको छ । ६५ लाख २० हजार कित्ता शेयर तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि लिबर्टी इनर्जीको शेयर तीन प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : ०७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल माघ १० गते बिहीबार माघ

इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन

इडेन गार्डेन – भारतले इंग्ल्याण्डसँगको पहिलो टी-२० खेलमा तीन विकेटको

आज २०८१ साल माघ १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १० गते बिहीबार माघ

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व