भुक्तानि नदिएको भन्दै ठेकेदारले गरे पुल बन्द « Khabarhub

भुक्तानि नदिएको भन्दै ठेकेदारले गरे पुल बन्द


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल बन्द गरेको छ । बेलिब्रिज बन्द गरेपछि सवारीसाधन रोकिएका छन् ।

बेलिब्रिज निर्माण पूरा भएको एक बर्षसम्म पनि गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानि नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको कम्पनीका सन्चालक बखतबहादुर मल्लले बताए । कूल सम्झौता रकम तीन करोड ३७ लाखमध्ये दुई करोड ८७ लाख मात्र गाउँपालिकाले भुक्तानी गरेको र ५० लाख रुपैयाँ एक बर्षसम्म नदिएको उनको भनाइ छ ।

पुल बन्द भएपछि गमगढी आउनजान र ढुवानी गर्न बाधा भएको छ । २०७६ सालमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण सम्झौत गरी २०७७ मा काम सम्पन्न गरेको थियो । आउँदो हिउँदे अधिवेशनमा गाउँपालिकाले रकम छुटयाएर कम्पनीलाई भुक्तानि दिने जनाएको थियो । तर कम्पनीले तत्कालै रकम माग गर्दै आएको थियो ।

रकम भुक्तानि नभएसम्म पुल नखोल्ने कम्पनीको चेतावनी छ । यसैबीच मुगुमा कार्मारोड जोड्ने लुम्स बेलिब्रिजको पनि अन्तिम रकम १० लाख नपाएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : १५ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै

काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई

मनाङसँग चित्लाङ २-० ले पराजित

काठमाडौं- शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल

कर्णालीमा ९० उम्मेदवारको जमानत जफत

सुर्खेत- प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु

चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप

समानुपातिकतर्फको मतगणना अन्तिमचरणमा

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।