भुक्तानि नदिएको भन्दै ठेकेदारले गरे पुल बन्द « Khabarhub

भुक्तानि नदिएको भन्दै ठेकेदारले गरे पुल बन्द


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल बन्द गरेको छ । बेलिब्रिज बन्द गरेपछि सवारीसाधन रोकिएका छन् ।

बेलिब्रिज निर्माण पूरा भएको एक बर्षसम्म पनि गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानि नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको कम्पनीका सन्चालक बखतबहादुर मल्लले बताए । कूल सम्झौता रकम तीन करोड ३७ लाखमध्ये दुई करोड ८७ लाख मात्र गाउँपालिकाले भुक्तानी गरेको र ५० लाख रुपैयाँ एक बर्षसम्म नदिएको उनको भनाइ छ ।

पुल बन्द भएपछि गमगढी आउनजान र ढुवानी गर्न बाधा भएको छ । २०७६ सालमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण सम्झौत गरी २०७७ मा काम सम्पन्न गरेको थियो । आउँदो हिउँदे अधिवेशनमा गाउँपालिकाले रकम छुटयाएर कम्पनीलाई भुक्तानि दिने जनाएको थियो । तर कम्पनीले तत्कालै रकम माग गर्दै आएको थियो ।

रकम भुक्तानि नभएसम्म पुल नखोल्ने कम्पनीको चेतावनी छ । यसैबीच मुगुमा कार्मारोड जोड्ने लुम्स बेलिब्रिजको पनि अन्तिम रकम १० लाख नपाएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : १५ बजे

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि