नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु « Khabarhub

नदी पर्यटन प्रवर्द्धनका लागि त्रिशूलीमा अन्तर्राष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा आजदेखि अन्तरराष्ट्रिय र्‍याफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ ।

नदी, साहस र पर्यटनको सङ्गम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तरराष्ट्रिय हिमालयन र्‍याफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित विभिन्न देशका र्‍याफ्टिङ तथा कायक खेलाडीहरूले त्रिशूलीको तीव्र धारा र चञ्चल छाल पार गर्दै आफ्नो कौशल र साहस प्रस्तुत गरिरहेका छन् ।

यस वर्षको महोत्सवको पहिलो उिन कायक स्प्रिन्ट (३०० मिटर) प्रतियोगितामा कूल ५१ जना प्याडर र राफ्ट स्प्रिन्ट (३०० मिटर) मा १० टोली सहभागी भएका छन् ।

नाराका उपाध्यक्ष तथा महोत्सव संयोजक शुक्र लामाका अनुसार बुधबार ‘कायाक क्रस’ (३०० मिटर) तथा राफ्ट म्यानडेटरी प्रतिस्पर्धा (१० किलोमिटर) आयोजना हुनेछ । जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना खेलाडीले प्रतिस्पर्धामा भाग लिने महोत्सव संयोजक लामाले जानकारी दिए । प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको ‘राफ्ट रेस’ आयोजना गरिनेछ, जसमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा चार–चार जना खेलाडी रहनेछन् ।

प्रतियोगितामा भारतका दुई टोली र इजरायलका दुई टोलीसहित विदेशी खेलाडीहरूले पनि त्रिशूलीको छालमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितालाई अझ स्वस्थ र पारदर्शी बनाउन खेलाडीहरूको समय मापनका लागि ‘टाइम–चिप’ प्रणाली प्रयोग गरिएको छ ।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीले यो वर्षको महोत्सवलाई विशेष ऐतिहासिक अवसरका रूपमा लिएको बताए । उनका अनुसार यो वर्षको महोत्सव ‘सिल्भर जुबिली’को रूपमा मनाइँदैछ ।

उनले भने, “यो केवल खेलकुद प्रतियोगिता मात्र होइन, नेपालको नदी पर्यटन, साहसिक संस्कृति र सहभागीहरूको पहिचानसँग जोडिएको गौरवको उत्सव हो । यसले नेपाललाई विश्व साहसिक पर्यटनको नक्सामा अझ मजबुत रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ ।”

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले नदी, साहस र पर्यटनको सङ्गम बनेको यो महोत्सवले नेपालका नदीहरूलाई विश्व साहसिक पर्यटन बजारमा थप उजागर गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपालमा नदी–आधारित साहसिक पर्यटनले पछिल्ला दशकहरूमा तीव्र गति लिएको छ । विशेषगरी त्रिशूली, भोटेकोशी, कर्णाली र सेती नदीहरू र्‍याफ्टिङ तथा कायाकिङका लागि विश्वभरका साहसिक पर्यटकहरूको आकर्षण बनेका छन् । यसलाई थप प्रवद्र्धन गर्न यो महोत्सव प्रभावकारी हुने विश्वास लिएको छु ।”

आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधामा ८१५ हजारदेखि रु एक लाखसम्म नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । तीन दिनसम्म चल्ने यस अन्तरराष्ट्रिय महोत्सवको समापन समारोहमा विजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै नेपालमा र्‍याफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ९ : २१ बजे

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले

विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा