बाराकी रुबी शाह जेएमके ‘वुमन इन बिजनेस’ छात्रवृत्तिबाट सम्मानित « Khabarhub

बाराकी रुबी शाह जेएमके ‘वुमन इन बिजनेस’ छात्रवृत्तिबाट सम्मानित


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको ‘जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान’ (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ ।

उनलाई जोन्टा क्लब अफ काठमाडौँ–२५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा आवेदन पठाइएको थियो, जहाँ उनले थप २ हजार डलर पनि प्राप्त गरिन् ।

उनीसँगै अरु ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका छन् । रुबीले संयूक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर प्राप्त गरेकी हुन् । उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरुमध्ये एक हुन् ।

उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् ।

हाल उनी कीर्तिपुरको रोटऱ्याक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् जहाँ उनले ४० भन्दा बढी स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहेकी छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ८ : २२ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु