राजमार्ग ४ लेन बनाउने घोषणा गरेपनि टुक्रे योजनामै करोडौं खर्च « Khabarhub

राजमार्ग ४ लेन बनाउने घोषणा गरेपनि टुक्रे योजनामै करोडौं खर्च


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सरकारले पुर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने घोषणा गरेको भएपनि सुदूरपश्चिममा भने सडक बिस्तारका टुक्रे योजनामै करोडौं खर्च हुने गरेको छ ।

घोषणा अनुसार सुदूरपश्चिम क्षेत्रमा राजमार्ग ४ लेन बनाउने काम अगाडी नबढ्दा अहिले पनि सडक बिस्तारका नाममा टुक्रे योजना बनाएरै विस्तारको काम हुँदै आएको छ ।

सरकाले ६ वर्ष अगाडी गरेको घोषणा अनुसार सुदूरपश्चिमको चिसापानीदेखि गड्डाचौकीसम्म ४ लेन सडक बनाउने भनिएको थियो । तर, अहिले राजमार्ग बजार क्षेत्रमा मात्रै ३ लेनमा बिस्तार गर्ने काम हुँदै आएको छ ।

जसअन्तरगत बजार क्षेत्रमा राजमार्ग किनारमा भरान गरेर कालोपत्रे गरिदै आएको भएपनि अत्तरियामा भने सडकको क्षेत्राधिकारको बिचमै पर्ने गरी लाखौं रकम खर्चेर २ सय ३० मिटर लम्बाईको पर्खाल निर्माण गरिँदैछ ।

अत्तरियाको महेन्द्रनगर रोडमा एक लेन सडक मात्रै बिस्तार हुने गरी पर्खाल निर्माण गर्न लागिएको हो ।

राजमार्गको दुवैतफै २५/२५ मिटर राजमार्गको क्षेत्राधिकार रहेको छ । स्थानीयले निकट भबिस्यमै ४ लेन सडक बनाउने भनिएपनि अहिले १ लेन मात्रै बिस्तार हुने गरेर लाखौंको पर्खाल लगाउनु बजेट सक्ने मेलो मात्रै भएको आरोप लगाएका छन ।

‘कि सडकको क्षेत्राधिकार सम्म वाल लगाए दिगो हुन्थ्यो । कि बिना वाल पनि सडकको क्षेत्राधिकार सम्म माटो भरान गर्न सकिन्थ्यो’ स्थानीय कमल कडायतले भने ‘बिच सडकमा वाल लगाएर लाखौं रकम सक्ने काम भएको छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले भने, ‘बजेट बढी खर्च हुने भएकाले एक लेन मात्रै बढाउने गरी सडक बिस्तार गर्न लागिएको हो । हामीले अहिलेको आवश्यकतालाई मध्यनजर गरेर १ लेन सडक बढ्ने गरी वाल निर्माण गर्न लागेका हौँ ।’

उनले भने ‘हामीले पछिका लागि पनि किफायती हुने गरी वालको हाईट कम राखेका छौ । पुर्व पश्चिम राजमार्ग ४ लेन बनाउने अवधारण अनुसार २५ मिटर सडक भित्र कहाँ वाल राख्ने भन्ने काम त आउने प्रोजेक्टले गर्छ । २५ मिटर टाढा वाल राख्न सकिने भएपनि त्यो बढी खर्चिलो हुने थियो ।’

उनले अहिले गड्डाचौकीदेखि नै बजार क्षेत्रमा सडक बिस्तार गर्ने गरी काम अगाडी बढाइएको बताए । गड्डाचौकी देखि अत्तरिया सम्म सडक विस्तार गर्ने क्रममा अत्तरियामा पर्खाल लगाउने काम गरिएको उनले बताए ।

सडक विस्तारका लागि मैनाचुली मालिका एमबीए जेवीसँग ३ करोड ७२ लाखमा २०७९ बैशाख मसान्त सम्म काम सक्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

जसअन्तरगत गड्डाचौकी देखि अत्तरिया सम्मको सडकका बिभिन्न भागमा कालोपत्रे गर्ने, कल्भर्ट फराकीलो पार्ने, पर्खाल लगाउने, भरान गर्ने काम गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले बताएका छन । उनले अत्तरियामा पर्खाल निर्माण गरेर भरान गरिए पनि कालोपत्रे भने नगरिने बताए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ५६ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा