आज २०७८ साल फागुन २५ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन २५ गते बुधबारको राशिफल


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन २५ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २५ गते बुधबार
मेष : दिन सामान्य छ। आयआर्जन हुनेछ। राजनीति, धार्मिक, सामाजिक, वैदेशिक क्षेत्रहरु यथावत रहेपनि व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ।

वृष : दिन सामान्य छ। बोलीमा ख्याल गर्नुपर्ने दिन छ। राजनीति, सामाजिक, आर्थिक क्षेत्रमा दैनिकी मात्र चलाउने काम गर्नुहोला। नयाँ कामको थालनी नगर्नुहोला। पठनपाठनमा भने रुची बढ्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मानसम्मान पाउने योग रहेको छ। परिवारमा आफ्नो विचारको कदर हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा संघर्ष गर्नु उचित हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। मानसम्मान मिल्नेछ। प्रतिस्पर्धा हुनेछ। राजनीतिबाट टाढै रहनुहोला।

सिंह : दिन सामान्य राम्रो छ। आफ्नो बोलीले समाजमा ठूलो प्रभाव पार्नेछ। धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रहरु यथावत रहेपनि प्रेम सम्बन्ध सुमधुर रहनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

कन्या : दिन सामान्य राम्रो छ। उल्लाश बढ्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रहरु यथावत रहेपनि शिक्षाको क्षेत्रमा जोशजाँगर बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।
तुला : दिन सामान्य राम्रो छ। राजनीतिमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। शिक्षामा राम्रो अवसर मिल्नेछ। प्रेममा धोका पाउने योग रहेको छ।

वृश्चिक : दिन सामान्य मात्र छ। आफूले चलाउँदै आएका दैनिकीमा यथावत रहनेछ। ठूला आयोजनामा हात नहाल्नुहोला। आफन्तबाट धोका मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ।

धनु : दिन सामान्य राम्रो छ। धन आर्जन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। राजनीति, सामाजिक क्षेत्र भने यथास्थितीमा छन्। प्रेममा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा जोशजाँगर बढ्नेछ।

मकर : दिन राम्रो छ। सफलता मिल्नेछ। बोलीको प्रभावले काम बन्नेछ। आफ्नो बोलीले अरुलाई सहयोग हुने भएकाले बोल्न नडराउनुहोला। हनुमानको स्मरण गरेर थालेको कामबाट सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। वादविवाद बढ्ने भएकाले तर्क नगर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीले प्रतिफल दिनेछ। कामको सफलताको लागि शिव पावर्तीको तस्विरमा दुबो चढाउनुहोला।

मिन : दिन निकै राम्रो छ। भाग्यको उदय हुनेछ। ठूलो उपलब्धि हात पर्ने भएकाले सानो कुरामा हात अघि नबढाउनुहोला। प्रेममा सफलता मिल्नेछ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ४२ बजे

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण