उनीहरू नाङ्गो गोडामै छन्। हतार हतार हिँडी रहेका छन्। जतिसक्दो चाँडो रुसको आक्रमण हुनसक्ने ठाउँ पार गरेर अगाडि बढ्न यद्यत उनीहरूको गन्तव्य अनिश्चित नै छ।
बच्चाहरूको हात गुडियाले भरिएको छ। आमाले बच्चालाई पाखुरामा च्यापेका छन्। उमेर पुगेका युवा लम्की रहेका छन्। जत्ति सक्दो चाँडो सुरक्षित स्थान पुग्नु नै उनीहरूको ध्येय हो। कोही चुपचाप छन् त कोहीले रोइ कराइ गरेर कोलाहल मच्चाएका छन्। एरपिनको छेउको सहर दुखदायी छ र पीडा बोकेर उभिएको छ । त्यहाँ पुग्नेहरू एउटा सहर कसरी मृत बन्दै छ भन्ने कुराको साक्षी बनी रहेका छन्।
आमाले बच्चालाई पाखुरामा च्यापेका छन्। उमेर पुगेका युवा लम्की रहेका छन्। जत्ति सक्दो चाँडो सुरक्षित स्थान पुग्नु नै उनीहरूको ध्येय हो।
‘सबै कुरा बमले उडाइसक्यो,’ भ्यालेन्टीना भन्छिन्। उनले घर छोडेकी छिन् , पाखुरामा एउटा झोला छ। यसबाहेक अहिले उनको साथमा न त कुनै आफन्त छन्। न त कुनै सामान छ। उनी भन्छिन्, ‘त्यहाँ बत्तीको उज्यालो छैन, ग्यास छैन र केही दिन यता इन्टरनेट पनि छैन। सबै तल बेसमेन्टमा बसी रहेका छन्। बच्चाहरू बिरामी हुन थालिसके।’
यो समस्या भ्यालेन्सीयाको मात्र होइन। रुसी आक्रमणको दोस्रो सातामा युक्रेनमा यत्रतत्र बीभत्स र कहाली लाग्दो दृश्य देख्न सकिन्छ। युक्रेनको पूर्वी भागबाट प्रवेश गरेको रुसी सेनाले देशका विभिन्न स्थानमा आतङ्क मच्चाइ रहेको छ। रुसी आतङ्कले ग्रस्त बनेको एरपिन सहरमा भ्यालेन्सीया मात्र होइन, यस्ता अनेकौँ दुखका कथा छन्। धेरै युक्रेनी देश छोडिरहेका छन् भने कतिपय देशको पश्चिमी भागमा शरण लिन गएका छन्। यस्ता लाखौँ युक्रेनीको पीडा मध्यमा इरपिनबासीको पीडा अझ बिभत्स छ।
‘इरपिनमा रुसी सेना प्रवेश गरिसकेको छ। रुसी आक्रमणकारीले साना टुक्रा भागहरू कब्जामा लिइसकेका छन्। धेरै भागमा अझै आत्मसमर्पण गरेको छैन, युद्ध जारी’, मेयर अजेक्जेन्डर मार्खुसीयनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोबाट छर्लङ्ग हुन्छ।
रुसी आतङ्कले ग्रस्त बनेको एरपिन सहरमा भ्यालेन्सीया मात्र होइन, यस्ता अनेकौँ दुखका कथा छन्। धेरै युक्रेनी देश छोडिरहेका छन् भने कतिपय देशको पश्चिमी भागमा शरण लिन गएका छन्। यस्ता लाखौँ युक्रेनीको पीडा मध्यमा इरपिनबासीको पीडा अझ बिभत्स छ।
यो ठाउँ छाडेर जान चाहनेहरू नै पनि निसानामा परेका छन्। मेयरले पनि यो दृश्य आफ्नै आँखाले देखेका छन्। ‘रुसी आक्रमणहरूले स्थानीय सर्वसाधारणलाई आक्रमण गरेका छन्,’ मेयरले भने, ‘मेरै अगाडि परिवार मरेको छ। मेरै आँखा अगाडि दुई बच्चा र दुई वयस्कको ज्यान गएको छ।’
अहिले एरपिनमा नयाँ रणनीति अपनाइएको छ। स्थानीयलाई आतङ्कित बनाएर सहर नै खाली गर्ने मस्कोको नयाँ रणनीति हो।
एरपिनमात्र होइन ग्रोज्नीबाट एलेपोसंगको सबै भूभागमा यसै खाले नीति लिइएको छ। त्यहाँ जो बसेका छन्, उनीहरू माथि लक्षित नै गरेर लगातार बमबारी हुन थालेको छ। शनिबारदेखि केही पड्किएको आवाज त्यहाँ सामान्य भइसकेको छ। कहिले रकेट विस्फोट भएको आवाज सुनिन्छ त कहिले बन्दुक पड्किएको।
‘अकासमा कुनै उडान हुन भएन’, आन्द्रेइले भने, ‘हामीले कनै पनि समय उपयोग गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अहिले यो नरक बनेको छ। साँच्चै नरक। रुसी सेना अहिले स्थानीयसँग लडाइँ गरिरहेका छन्। युक्रेनी सेनासँग मात्र होइन। उनीहरू कसैलाई पनि बाँकी राख्ने वाला छैनन्।’
‘हामी नजिक पुगिसकेका थियौँ। अलीपर बाट रुसी ट्याङ्क गयो। त्यही ट्याङ्कले ती घरलाई प्रहार गरेर उडाइ सकेका छ। हामी भाग्यमानी छौँ की हामी यहाँ छौ’ ३६ वर्षीय इभेन्ट म्यानेजर भन्छन्,‘ म सो तथा कन्सर्टबाट मान्छेलाई हँसाइ रहेको हुन्थेँ। अब मेरो युक्रेनमा कुनै काम नै छैन’, त्यसो भन्दै उनी नजिकै रहेको मिनिबसमा गएर बसे। आफ्नो सहर, आफ्नो कम्पाउन्ड र आफूले प्यारो गरेर पालेको जनावरसमेत छाडेर उनी त्यही बसबाटै रेलवे स्टेसन तर्फ लम्किएका छन्। सायद उनी त्यस स्थानमा फेरि फर्कने छैनन्। पश्चिमी युक्रेनको रुसको सीमा भन्दा धेरै टाढा उनको अबको बसोबास हुनेछ।
इरपिन नदीको किनारमा रहेको इरपिन सहर छाडेर त्यहाँसम्म पुग्नका लागि उनीहरूले कहियौ तारे बार त केही चट्टानी पहाड पार गर्नु पर्ने हुन्छ। बाटोमा आउन सक्ने अवरोध त छदै छन्।
व्यवस्थित बाटो त उनीहरूले रुसी सेनालाई अवरोध खडा गर्न भनेर नै भत्काइ सकेका छन्। पुल भत्किएका छन्। बीच बाटोमा रुखहरू ढालिएका छन्। खोला तर्नेक्रममा बूढाबूढीले सास्ती खेपी रहेका छन्। यो सबै देख्ने नै आजित भएका छन्।
चलचित्रको दृश्य झैँ युक्रेनी सेनाले सानो बालकलाई हातले बोकेर उद्धार गरेको छ। बूढाबूढीलाई खोला तार्न सहयोग गरिररहेका छन्।
यो देशको भविष्य अनुमान गर्न कठिन भइसकेको छ। तर, वर्तमानमा नै पीडाको उत्कर्ष देखिएको छ। खार्किभदेखि माउरीपोलसम्मको दृश्य उराठ लाग्दो छ। त्यहाँ सबै डराएका छन् र आत्तिएका छन्। नागरिक बेसमेन्टमा छन् र आफ्नो जीवन रक्षका लागि लडिरहेका छन्। भत्काइएका पुलले रुसी सेनालाई रोक्न सकेन। रुसी सेना सहर छिरेपछि इरपिनका नागरिकको जीवनमा देखिएको यो नारकीय दुःख विस्तारै अन्य सहरमा पनि सर्दे जानसक्ने छ।
नागरिक बेसमेन्टमा छन् र आफ्नो जीवन रक्षका लागि लडिरहेका छन्। भत्काइएका पुलले रुसी सेनालाई रोक्न सकेन। रुसी सेना सहर छिरेपछि इरपिनका नागरिकको जीवनमा देखिएको यो नारकीय दुःख विस्तारै अन्य सहरमा पनि सर्दे जानसक्ने छ।
अहिले रुसले दोहोरो नीति लिएको छ। युक्रेनवासीलाई सुरक्षित बाटो लिनका लागि सूचना नै जारी गरेको रुसले आम व्यक्ति भनेर छाडेको भने छैन। माउरीपोल, भोल्नोभाका, सुमी र खार्किभमा आक्रमण जारी राखेको छ। यसमा कमी ल्याउने कुनै छाँट नै देखाएको छैन। यसअघि रुसले सुरक्षित स्थान तर्फ जान मानवीय कोरिडोरमा प्रयोग गर्न सकिने जनाएको थियो।
युक्रेनले भने यसमा आपत्ति जनाएको छ। रुसले भनेका धेरै बाटा रुसमै या बेलारुसमा गएर टुङ्गिने छन्। यसले आफ्ना नागरिकलाई पछिसम्म असुरक्षित बनाउने युक्रेनको बुझाइ छ। युक्रेनले सबै देशले युद्ध विरामका लागि रुसलाई दबाब दिनुपर्ने जनाएका छन्। पछिल्लो दिन मात्र इरपिनका मेयरले १ हजारलाई सकुशल उद्धार गरिएको जनाएका छन्।
समस्या बाउचा र होटोमेलमा पनि थपिएको छ। यी दुवै स्थान रुसी सेनाले कब्जामा लिइसकेका छन्। राजधानी किभ नजिकको एउटा बेकरीमा गराइएको विस्फोटमा १३ जनाको ज्यान गएको छ।
युक्रेनका राष्ट्रपति भालोडीमीर जेलेन्सकीले युक्रेनको नागरिकको विरुद्धमा एकतन्त्रीय शासन लाद्न खोज्नेलाई कुनै हालतमा नछाड्ने बताएका छन्। उनले चेतावनीको भाषामा रुसी सेनालाई कहीँ गए पनि शान्ति नमिल्ने बताएका हुन्। अहिले रुसले अस्पताल, नर्सरी र स्कुलमा समेत सामान्य व्यक्तिमाथि आक्रमण गरिरहेको युक्रेनले जनाएको छ।
डियसाको कथाले युक्रेनको अर्को पीडा बोलेको छ। आक्रमणको दोस्रो सातामा युक्रेनका पीडादायक दृश्य बढ्दै गएका छन्। रुसी सेना झन् निरङ्कुश बन्दै मानवीय संवेदनाका सबै पर्खाल भत्काउन उद्यत छ।
रुसले युक्रेनका ‘अति राष्ट्रवादी’ तथा ‘नीयो नाजी’को विरुद्धमा सैन्य आक्रमण थलिएको भन्दा अन्य आम व्यक्तिको विरुद्धमा केही नगरेको दाबी गरेको छ। यसैबीच बेलारुसमा भएको रुस र युक्रेन वार्तामा सामान्य प्रगति भएको छ।
वार्ताको क्रममा रुसले भनेका सबै कुरा युक्रेनले माने मात्र आक्रमण रोक्ने चेतावनी दिएको छ। रुसले चार्नवेल आणविक केन्द्रमा आक्रमण गरेपछि लगातार १२ दिनसम्म त्यहाँका १ सय कामदार रुसी सेनाबाट मुक्ति पाउन सकेका छैनन्। आक्रमणको समयमा सुरक्षा गार्डको काम गरिरहेका अन्य दुई सय जना पनि अहिले बन्दी बनाइएका छन्।
रुसी आक्रमणका कारण देश छाड्नेमा पछिल्लो समय ९१ वर्षीया डियसा कोउस्टीक पनि छिन्। उनले यसरी बुढेसकालमा घर छाडेर हिँड्नु पर्ने दिन आउँछ भन्ने त अनुमान नै गरेकी थिइनन्।
डियसाको कथाले युक्रेनको अर्को पीडा बोलेको छ। आक्रमणको दोस्रो सातामा युक्रेनका पीडादायक दृश्य बढ्दै गएका छन्। रुसी सेना झन् निरङ्कुश बन्दै मानवीय संवेदनाका सबै पर्खाल भत्काउन उद्यत छ।
प्रतिक्रिया