कतै तपाई कपाल धुँदा यी गल्ती त गर्नुहुन्न ? « Khabarhub

कतै तपाई कपाल धुँदा यी गल्ती त गर्नुहुन्न ?


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सबै आफ्नो कपाल सुन्दर, मुलायम होस् भन्ने चाहन्छौँ । कपाल धेरै नझरोस् भनेर विभिन्न उत्पादनको समेत प्रयोग गर्छौ । तर कहिलेकाहीँ कपाल धुँदा अपनाइएको केही गल्ती कारण हाम्रो कपालमा नकारात्मक असर परिरहेको हुन्छ । के हुन् त ती गल्ती ?

– कपाल सुकाउन कपडा
नुहाएपछि कपाल सुकाउन कपडाको प्रयोग गर्दा कपाल जर्खरिन्छ र यसले कपाललाई हानि हुन्छ । यसको साटो टिसर्ट कपालमा बाँध्ने वा पेपर ब्लट प्रयोग गर्दा उत्तम हुन्छ ।

– धेरै स्याम्पु वा कन्डिस्नर
धेरैलाई लाग्ला, टन्न स्याम्पु वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ । तर यो गलत हो । धेरै हालेर कपाल राम्रो हुनुको सट्टा खराब हुन सक्छ । त्यसैले ठिक्क प्रयोग गर्नुहोस् ।

कपाल माड्ने
कतिपय मानिस कपाल धुँदा भाँडा माझेजस्तो टाउको घोट्ने गर्छन् । तर यसो गर्दा कपालमा समस्या आउँछ र कपाल झर्छ साथै कमजोर हुन्छ । त्यसैले हल्का मात्र माड्नुस् ।

जराबाट टुप्पोतर्फ
कपाल धुँदा कपालको जरालाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । कन्डिस्नरलाई कपालको जराबाट टुप्पोतिर लगाउँदै जाँदा कपालमा लाभ पुग्छ र नरम पनि हुन्छ ।

– तातोपानीले ननुहाउने
कतिपय मानिस दिनभरिको थकान मेट्न तातोपानीले नुहाउने गर्छन् । तर तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । त्यसैले सम्भव भएसम्म चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।

– कन्डिस्नर हतारमा पखाल्ने
कतिपय मानिस कन्डिस्नर लगाउनासाथ हतारहतार पखाल्ने गर्दछन् । तर एउटा निश्चित समयसम्म कन्डिस्नरलाई टाउकोमा रहन दिएर मात्र धुँदा यसले राम्रो लाभ दिन्छ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : २५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको