आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान « Khabarhub

आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन् ।

उनले रुसले किभ कब्जा गरेको खण्डमा आफ्ना नागरिकहरुलाई बचाउनका लागि सेना पठाउन नसक्ने भन्दै तत्काल युक्रेन छाड्न आफ्ना नागरिकलाई आह्वान गरेका हुन् ।

युक्रेनको अवस्था अझै खतरनाक बन्न सक्ने उनको चिन्ता छ । बाल्टिक मुलुकहरु इस्टोनिया, लाट्भिया र लिथुएनियाले पूर्वी युरोपमा सैनिक सहयोग बढाउन नेटाआबद्ध मुलुकहरुलाई आह्वान गरेलगत्तै बाइडनको यस्तो भनाइ आएको हो ।

गत फेब्रुअरी २४ यता युक्रेनमा रुसी हमला जारी छ । रुसी आक्रमणका कारण बीस लाख भन्दा धेरैले युक्रेन छाडिसकेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : १० बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय