आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान « Khabarhub

आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन् ।

उनले रुसले किभ कब्जा गरेको खण्डमा आफ्ना नागरिकहरुलाई बचाउनका लागि सेना पठाउन नसक्ने भन्दै तत्काल युक्रेन छाड्न आफ्ना नागरिकलाई आह्वान गरेका हुन् ।

युक्रेनको अवस्था अझै खतरनाक बन्न सक्ने उनको चिन्ता छ । बाल्टिक मुलुकहरु इस्टोनिया, लाट्भिया र लिथुएनियाले पूर्वी युरोपमा सैनिक सहयोग बढाउन नेटाआबद्ध मुलुकहरुलाई आह्वान गरेलगत्तै बाइडनको यस्तो भनाइ आएको हो ।

गत फेब्रुअरी २४ यता युक्रेनमा रुसी हमला जारी छ । रुसी आक्रमणका कारण बीस लाख भन्दा धेरैले युक्रेन छाडिसकेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : १० बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु