दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार | Khabarhub Khabarhub

दक्षिण कोरियाली जलक्षेत्रमा उत्तर कोरियाली पानीजहाजमाथि गोली प्रहार


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियाली तटरक्षकहरुले उत्तर कोरियाली पानीजहाजमाथि गोली चलाएका छन् ।

मुलुकको विवादास्पद पश्चिमी जलक्षेत्रको ‘उत्तरी निर्धारण रेखा’ पार गरेको उत्तर कोरियाली पानीजहाजमा गोली प्रहार गरेको समाचार संस्था एपीले जनाएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले जनाएअनुसार उक्त उत्तर कोरियाली पानीजहाज जलक्षेत्रमा गस्ती गर्ने क्रममा उत्तर दक्षिण कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको थियो ।

लगत्तै नजिकै रहेका दक्षिण कोरियाली नौसेनाको पानीजहाजबाट चेतावनीस्वरूप गोली प्रहार गरिएको थियो । दक्षिण कोरियाली चेतावनीसँगै उक्त पानीजहाज फिर्ता गएको जनाइएको छ ।

दक्षिण कोरियाको बेर्केयोङ टापुनजिकै भएको भनिएको उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बुझिएको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ५४ बजे

सरकार रूपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति

कोशीमा नयाँ सरकारको पक्षमा हस्ताक्षर गर्ने यी हुन् ५२ सांसद

विराटनगर- कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले

प्रधानमन्त्री प्रचण्डलाई २६ बुँदे खुलापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू, देश विघटनको बाटोमा उन्मुख छ । नागरिकलाई राज्यको

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन, सर्वोच्चका आजका सबै इजलास स्थगित

काठमाडौं– सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । 

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

काठमाडौं–  ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा