अमेरिकी सेनाध्यक्षद्वारा युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण « Khabarhub

अमेरिकी सेनाध्यक्षद्वारा युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेनाध्यक्ष मार्क मेलीले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा भएको छ । पेन्टागनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार मेलीले गएको साता युक्रेनको सीमा नजिकै रहेको हवाई मैदानको भ्रमण गरेका हुन् ।

यद्यपि उनले कुन देशको कुन हवाई मैदानको भ्रमण गरेका हुन् भन्नेबारे केही खुलाइएको छैन । समाचारअनुसार मेलीले त्यहाँ पुगी हतियारको निरीक्षण गरेका थिए भने युक्रेनलाई हतियार दिने कार्यका विषयमा पनि जानकारी लिएका थिए ।

समाचारमा जनाइएअनुसार उक्त हवाई मैदान अहिले नेटोले युक्रेनलाई हतियार पठाउने प्रमुख क्षेत्रको रुपमा विकसित भएको छ ।

अमेरिकाले घोषित कूल ३५ करोड डलर मध्ये हालसम्म २४ करोड डलर बराबरको हतियार युक्रेनलाई आपुर्ति गरिसकेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ४३ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको