अमेरिकी सेनाध्यक्षद्वारा युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण « Khabarhub

अमेरिकी सेनाध्यक्षद्वारा युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेनाध्यक्ष मार्क मेलीले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा भएको छ । पेन्टागनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार मेलीले गएको साता युक्रेनको सीमा नजिकै रहेको हवाई मैदानको भ्रमण गरेका हुन् ।

यद्यपि उनले कुन देशको कुन हवाई मैदानको भ्रमण गरेका हुन् भन्नेबारे केही खुलाइएको छैन । समाचारअनुसार मेलीले त्यहाँ पुगी हतियारको निरीक्षण गरेका थिए भने युक्रेनलाई हतियार दिने कार्यका विषयमा पनि जानकारी लिएका थिए ।

समाचारमा जनाइएअनुसार उक्त हवाई मैदान अहिले नेटोले युक्रेनलाई हतियार पठाउने प्रमुख क्षेत्रको रुपमा विकसित भएको छ ।

अमेरिकाले घोषित कूल ३५ करोड डलर मध्ये हालसम्म २४ करोड डलर बराबरको हतियार युक्रेनलाई आपुर्ति गरिसकेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ४३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको