युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी « Khabarhub

युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास गर्न समय खर्चिरहेको जनाए ।

उनका अनुसार पुटिन ‘सामरिक आणविक हतियार’ विकास गर्न लागि परेका छन् ।

केही समयअघिमात्रै पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ हुन निर्देशन दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अमेरिकी अधिकारीहरूले  व्यक्तिगत कुराकानीका क्रममा पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल