युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी « Khabarhub

युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास गर्न समय खर्चिरहेको जनाए ।

उनका अनुसार पुटिन ‘सामरिक आणविक हतियार’ विकास गर्न लागि परेका छन् ।

केही समयअघिमात्रै पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ हुन निर्देशन दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अमेरिकी अधिकारीहरूले  व्यक्तिगत कुराकानीका क्रममा पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो