नेप्सेमा ३० अङ्ककाे गिरावट, कारोबार रकमसमेत घट्यो « Khabarhub

नेप्सेमा ३० अङ्ककाे गिरावट, कारोबार रकमसमेत घट्यो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अङ्कले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ । 

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ । 

सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ०० बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको