गठबन्धनसँग चुनावी तालमेलको विषय केन्द्रीय समितिले टुंग्याउँछः उपसभापति खड्का « Khabarhub

गठबन्धनसँग चुनावी तालमेलको विषय केन्द्रीय समितिले टुंग्याउँछः उपसभापति खड्का


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार भएको पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जानकारी दिएका हुन् ।

सभापति देउवाले चुनावसम्म गठबन्धन रहने बताइसकेको जानकारी दिएका उपसभापति खड्काले चुनावी तालमेलका विषयमा भने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

‘गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गछौँ,’ उनले भने, ‘अहिले नै तालमेल गर्ने÷नगर्नेभन्दा अपरिपक्व हुन्छ ।’

२९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको अभियानका साथ काँग्रेस चुनावी तयारीमा होमिने उपसभापति खड्काले बताए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत र उपसभापति खड्का उपस्थित थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ३१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले