भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई मानवीय सहयोग


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानवीय सहयोगका लागि भारतले अफगानिस्तानलाई २ हजार मेट्रिक टन गहुँ पठाएको छ ।

२ हजार मेट्रिक टन गहुँ बोकेको सवारीको लस्कर भारतको अटारी सीमाबाट अफगानिस्तानतर्फ लागेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमअन्तर्गत ५० हजार मेट्रिक टन गहुँ उपलब्ध गराउने बाचा अनुसार भारतले अफगानिस्तानतर्फ खाद्य सामग्री पठाएको हो ।

‘अफगान जनतासँगको विशेष सम्बन्धप्रति भारत प्रतिबद्ध छ ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटमार्फत् जनाएका छन् ।

भारतले अफगानिस्तानलाई खाद्य सामग्रीबाहेक कोरोना भाइरसको खोप र अन्य ज्यान बचाउने औषधि समेत पठाउन लागेको जनाइएको छ ।

यसबाहेक पछिल्ला केही सातायता भारतले अफगानिस्तानलाई ५ लाख डोज कोरोनाविरुद्धको खोप र ३.६ टन अन्य औषधीय सहायता प्रदान गरेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ५८ बजे

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडकको मार्ग खुल्यो

म्याग्दी– म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा

६ देशका राजदूत फिर्ता गर्ने बालेन सरकारको निर्णय

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न मुलुकमा पठाइएका ६