प्रथम गैँडाकोट मेयर टी २० क्रिकेट कपको उपाधि नवलपुरलाई « Khabarhub

प्रथम गैँडाकोट मेयर टी २० क्रिकेट कपको उपाधि नवलपुरलाई


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाटसुस्तापूर्व-) गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सङ्घले जितेको छ ।

नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य स्याङ्जा क्रिकेट सङ्घले नगद रु एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

आज सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७.१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल तयार पार्‍यो  ।

स्याङ्जाका लागि ईश्वर खनालले १३ बलमा दुई चौका र एक छक्कासहित १८ रन तथा ईश्वर क्षेत्रीले २२ बलमा एक चौकासहित ११ रन बनाउनुभयो । स्याङ्जाका अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नवलपुरका किशोर महतोले तीन ओभरमा ८ रन खर्चिदै दुई विकेट, सुदीप अर्यालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट तथा विशाल पौडेलले चार ओभरमा २० विकेटको क्षतिमा दुई विकेट लिए ।

८४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १४.२ ओभरमा विजय लक्ष्य भेटायो । नवलपुरले १४.२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएपछि उपाधि उचाल्न सफल भएको हो ।

नवलपुरका लागि कमल परियारले ‘नटआउट’ चार बलमा तीन छक्का सहित १९ रनको योगदान दिए । त्यस्तै नवलपुरको जितका लागि ब्याट्स म्यान राजेश ढकालले ३१ बलमा २४ रन, गोविन्द विकले १८ बलमा १२ रन, विदुर पुनले १४ बलमा १० रन तथा दीपक डुम्रेले १७ बलमा १० रनको योगदान दिएका थिए ।

बलिङतर्फ स्याङ्जाका सुरज गुरुङले तीन ओभरमा २४ रन खर्चंदै दुई विकेट तथा करण पङ्गेनी, ईश्वर खनाल र विपिन राज न्यौपानेले १–१ विकेट लिए । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा नवलपुर, स्याङ्जा, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासीका आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेतालाई गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख पौडेलले खेलक्षेत्रको विकासका लागि आफूले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ०५ बजे

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो

निर्वाचन घोषणापत्रमा बालमैत्री नीति समेट्न नेपासको जोड

काठमाडौं– नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी संसदीय निर्वाचनलाई बाल

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट बालिकाको गयो ज्यान 

काठमाडौं– रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण