‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु गर्दैछौँः शिक्षामन्त्री « Khabarhub

‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरु गर्दैछौँः शिक्षामन्त्री


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरु गरिने जानकारी दिएका छन् ।

दक्षिणकाली नगरपालिकास्थित सेतीदेवी माध्यमिक विद्यालयको वार्षिकोत्सवमा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरु हुने जानकारी दिएका हुन् ।
उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि बताए ।

‘हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लगौँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने, ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा बढी छ ।’

उनले लोक सेवा आयोगको परीक्ष ापास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको भन्दै एकै किसिमको बनाउने गरी पहल भइरहेको पनि बताए ।

‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं’ उनले भने ।

‘सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायका रूपमा अघि बढाऔँ, मन्त्री पौडेलले भने, ‘पेशालाई मर्यादित बनायौँ भने शैक्षिक सुधार आफै हुन्छ ।’

शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभई सेवासहितको डिउटी भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : ०८ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन