स्वास्थ्यमन्त्री खतिवडाको आग्रह : ‘टाइफाइडविरुद्धको खोप ढुक्क भएर लगाउनूहोस्’ « Khabarhub

स्वास्थ्यमन्त्री खतिवडाको आग्रह : ‘टाइफाइडविरुद्धको खोप ढुक्क भएर लगाउनूहोस्’


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाल टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मनहरी गाउँपालिका-५ मा रहेको भोजसिद्ध माविमा शुक्रबार आयोजित कार्यक्रममा खोप अभियान उद्घाटन गर्दै मन्त्री खतिवडाले टाइफाइडविरुद्धको खोप अभियानले धेरै नेपालीलाई राहत मिल्नेब बताए ।

टाइफाइडविरुद्धको खोप पूर्ण रुपमा सुरक्षित र राम्रो भएको बताउँदै मन्त्री खतिवडाले ढुक्क भएर आफ्ना बालबालिकालाई सहभागी गराउन र प्रभावकारी ढंगले सञ्चालन गर्न अनुरोध गरेका छन् । यो खोप अभियान देशैभर १८ वैशाखसम्म सञ्चालन हुनेछ ।

देशभर १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप प्रदान गरिने उनले बताए । देशैभर करिब ५० हजार बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष जनशक्ति र स्वयम्सेवकको व्यवस्थापन गरिएको उनले जानकारी दिए । यस खोप अभियानमा मकवानपुरका १ लाख ९ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ०१ बजे

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा