पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली « Khabarhub

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने ठानिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : १० बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा