खर्चिलो निर्वाचन प्रणाली महिलाहरुलाई तगारो « Khabarhub

खर्चिलो निर्वाचन प्रणाली महिलाहरुलाई तगारो


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् तर खर्चिलो निर्वाचन प्रणालीको कारण उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अन्योल देखिन्छ ।

स्थानीय तह उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरू अब वडाध्यक्षका लागि जिकिर गरिरहेका छन्। सम्बद्ध राजनीतिक दलले वडाध्यक्ष बन्नका लागि २० लाखदेखि २५ लाख रूपैयाँसम्म खर्च लाग्छ भन्न थालेपछि उनीहरु अन्योलमा परेका हुन्।

‘टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन,’ बिर्तामोड नगरपालिका-६ की सदस्य यामुना आचार्य भन्छिन्, ‘२५ लाख रूपैयाँ खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन्। घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिँदैन।’

महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको आचार्यको भनाइ छ।

वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुंगाना पनि आफ्नो वडाध्यक्ष पदकाका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउँछिन्। विगतमा जनताको मन जितेकाले र फेरि मत जित्ने गरी आउन सक्ने भए पनि राजनीतिक दलले पैसालाई महत्व दिएका कारण निरास हुने परिस्थिति सिर्जना भएको उनी बताउँछिन्।

सदस्य कोइराला भनिन्, ‘पैसालाई महत्व नदिएर सक्षम र क्षमतावान महिलालाई टिकट मात्र दिने हो भने चुनाव जितिन्छ।’

महिलाको नाममा सम्पत्ति भए पनि खर्च गर्ने अधिकार नहुँदा समस्या भएको वडा नम्बर १ की सदस्य भावना आचार्य बताउँछिन्। ‘श्रीमानले आफू चुनाव लड्नु पर्‍यो भने भएको सम्पत्ति बेचेर पनि खर्चको जो हो गर्नुहुन्छ‚’ उनी भन्छिन्, ‘तर हामीलाई त्यो अधिकार हुँदैन अनि कोसँग पैसा मागेर चुनाव लड्नु?’ चुनाव लड्न महिलालाई आर्थिक तगारो बनेको उनको भनाइ छ।

पैसाको आधारमा भन्दा पनि राजनीतिमा गरेको योगदानका आधारमा टिकट नदिए सक्षम र क्षमतावान् महिला राजनीतिबाट ओझेल पर्ने झापाली महिलाहरुको गुनासो छ। उनीहरूले चुनाव भड्किलो र खर्चिलो भएका कारण राजनीतिक भ्रष्टाचार मौलाउन थालेको टिप्पणी गरेका छन्।

झापामा मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकाका उपप्रमुखहरूले आगामी निर्वाचनमा मुख्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : ४१ बजे

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र