सर्वोच्चको फैसला स्वीकार्छु तर विपक्षीको सरकारलाई मान्यता दिन्न : प्रधानमन्त्री खान « Khabarhub

सर्वोच्चको फैसला स्वीकार्छु तर विपक्षीको सरकारलाई मान्यता दिन्न : प्रधानमन्त्री खान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको बीबीसीले जनाएको छ। अमेरिकाले आफूलाई हटाउन खोजेको उनको आरोप छ । यद्यपि वासिन्टनले भने अस्वीकार गरेको छ।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो ।

सर्वोच्चले संसद पुनर्स्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : २० बजे

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा