युवा संघका सुदूरपश्चिम अध्यक्ष गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदै « Khabarhub

युवा संघका सुदूरपश्चिम अध्यक्ष गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिँदै


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेकपा एमालेनिकट युवा संघ नेपाल सुदूरपश्चिम अध्यक्ष सन्तोशप्रकाश जोशीले बैतडीको डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

युवा संघका केन्द्रीय सचिव तथा मदन भण्डारी फाउण्डेशन बैतडीका सचिवसमेत रहेका जोशीले पालिका अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र चुनाव लड्ने बताएका छन् ।

जोशीले भने, ‘बिहीबार गाउँपालिका संगठन कमिटीको बैठक बस्यो, मैले मेरो नाम अध्यक्षको उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरिदिन पटक-पटक आग्रह गरेँ । तर पार्टी जिल्ला अध्यक्षले रोक्न लगाए । मबाहेक तीनको नाम सिफारिस गरिएको कुरा सुन्नमा आएको छ । पार्टीभित्र न्याय नपाएपछि मैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ ।’

डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि एमालेले तीन जनाको नाम सिफारिस गरेको छ । जसमा वर्तमान गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा, वर्तमान वडा नम्बर का अध्यक्ष अक्कलबहादुर राना र शिक्षक संगठन आबद्ध प्रेमराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ५६ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल