अमेरिकामा भएको गोलीकाण्डमा किशोरीको मृत्यु « Khabarhub

अमेरिकामा भएको गोलीकाण्डमा किशोरीको मृत्यु


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो ।

प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको बुझिएको छ । अमेरिकामा बारम्बार यस्ता गोलीकाण्डका घटना हुँदै आएका छन् ।

अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ ।

यद्यपि आलोचकहरूले भने बन्दुक संस्कृतिका कारण गोलीकाण्डका घटनाहरू हुने भन्दै यस्तो व्यवस्था हटाउन माग गर्दै आएका छन् । 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : ४४ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स