धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण « Khabarhub

धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकामा जग्गादाताको नामबाट सामुदायिक विद्यालयको नामाकरण गरिएको छ ।

जग्गादाता स्वर्गीय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षासम्बन्धी ऐन, नियमावली तथा मापदण्ड पूरा गरेसँगै आधारभूत विद्यालय कोप्चेको नाम परिवर्तन भएको हो ।

थापा परिवारले २५ लाख मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा विद्यालयका नाममा निःशुल्क पास गरिदिएपछि नाम परिवर्तन गरेर ‘धर्मध्वज थापा आधारभूत विद्यालय कोप्चे’ नामाकरण गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए ।

सोही व्यवस्थालाई टेकेर विद्यालय व्यवस्थापन समितिले नाम परिवर्तनको निर्णय सहित गाउँपालिकामा निवेदन दिएको थियो । विद्यालयको निर्णय, त्यसपछि तोकिएका मापदण्ड र स्थलगत अवस्था बुझ्दा नाम परिवर्तत गर्न उपयुक्त देखिएकाले कार्यपालिकाको निर्णयले नाम परिवर्तन गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : ४८ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल