धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण « Khabarhub

धर्मध्वज थापाको नाममा विद्यालयको नामाकरण


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिकामा जग्गादाताको नामबाट सामुदायिक विद्यालयको नामाकरण गरिएको छ ।

जग्गादाता स्वर्गीय धर्मध्वज थापाका परिवारले गाउँपालिकाले व्यवस्था गरेको शिक्षासम्बन्धी ऐन, नियमावली तथा मापदण्ड पूरा गरेसँगै आधारभूत विद्यालय कोप्चेको नाम परिवर्तन भएको हो ।

थापा परिवारले २५ लाख मूल्य बराबरको ८ रोपनी १ आना १ पैसा जग्गा विद्यालयका नाममा निःशुल्क पास गरिदिएपछि नाम परिवर्तन गरेर ‘धर्मध्वज थापा आधारभूत विद्यालय कोप्चे’ नामाकरण गरिएको प्रधानाध्यापक बेदबहादुर खत्रीले जानकारी दिए ।

सोही व्यवस्थालाई टेकेर विद्यालय व्यवस्थापन समितिले नाम परिवर्तनको निर्णय सहित गाउँपालिकामा निवेदन दिएको थियो । विद्यालयको निर्णय, त्यसपछि तोकिएका मापदण्ड र स्थलगत अवस्था बुझ्दा नाम परिवर्तत गर्न उपयुक्त देखिएकाले कार्यपालिकाको निर्णयले नाम परिवर्तन गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : ४८ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये