रुसी आक्रमणका कारण युक्रेनी समुद्र र बन्दरगाहमा फसेका १ हजार जहाजीको बिचल्ली « Khabarhub

रुसी आक्रमणका कारण युक्रेनी समुद्र र बन्दरगाहमा फसेका १ हजार जहाजीको बिचल्ली


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् । 

फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका हुन् ।

उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरूमा आपूर्तिका लागि मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसी आक्रमणका कारण युक्रेनी समुद्र तथा बन्दरगाहमा फसेका जहाजमा खानेकुरा, इन्धन, सफा पानी र अरु अत्यावश्यक वस्तुहरूको अभाव देखा पर्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : १४ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल