मेलौलीका टोलहरुमा विद्युत् सेवा सुचारु हुँदै « Khabarhub

मेलौलीका टोलहरुमा विद्युत् सेवा सुचारु हुँदै


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३ का टोलहरुमा विद्युत सेवा सुचारु भएको छ । यसअघि सलेना बजारमा मात्रै विद्युत् सुचारु भएकोमा शुक्रबार थप ट्रान्सफर्मर राखिएसँगै गाउँ टोलहरुमासमेत विद्युत् सुचारु भएको छ ।

गाउँमा विद्युत् सुचारु भएसँगै अंधकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मान बहादुर चन्दले बताए । विद्युत् पुगेकाले बत्ती बाल्नुका साथै मोबाइल चार्ज गर्न, टिभी तथा कम्प्युटर चलाउन सहज हुने उनले बताए ।

गाउँमा विद्युत् विस्तार भयसँगै नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानीयवासीले फुल मालाले सम्मान गरेका छन् ।

मेलौली २ र ३ का टोलहरुमा विद्युत् विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : ३१ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन